
बेइजिङ, ७ पुस– चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच लामो फोनवार्ता भएको छ । उनीहरुबीच आइतबार अबेर फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यि र अमेरिकी विदेशमन्त्री जोन केरीबीच आइतबार राति अबेरतिर फोनवार्ता भएको हो ।
उनीहरुबीच सो वार्ताका क्रममा चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धका बारेमा लामो कुराकानी भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी गराएको हो ।
चिनियाँ विदेशमन्त्री वाङले गत महिनामात्र भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको भेटवार्ता निकै उपलब्धिमूलक भएको भन्दै सो विषयमा फोनवार्तामा प्रसंग उठेको बताएका छन् ।
उनीहरुबीच सो अवसरमा ठूला राष्ट्रहरुका बीचमा राख्नुपर्ने सम्बन्धको नयाँ आयामका बारेमा कुराकानी भएको समाचार स्रोतहरुले बताएका छन् ।
उनीहरुबीच द्विपक्षीय सम्बन्धका माध्यमबाट लिन सकिने आपसी फाइदा र सुमधुर सम्बन्धको विकासमा आगामी दिनमा दुई देशले कसरी काम गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।
साथै सो फोनवार्ताका क्रममा चिनियाँ विदेश मन्त्रीले चीनमा ताइवानको अडानका बारेमा पनि चीनको भनाइ राखेका थिए ।
रासस÷सिन्ह्वा