बन्चरोले हानेर श्रीमतीको हत्या

काठमाण्डु टुडे २०७१ पुष ६ गते ७:२९ मा प्रकाशित

गोरखा, ६ पुस–बन्चरोले हानेर गोरखाको छोप्राक–७ का चेतबहादुर भुजेलले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरमा सुतिरहेकी २२ वर्षीया सुनिता भुजेललाई आइतबार बिहाने चेतबहादुरले बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

images

‘घरमै सुतिरहेकी श्रीमतीलाई भुजेलले बन्चरोले टाउकोमा हानेर हत्या गरेको खुलेको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले भने, ‘के कारणले श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन, अनुसन्धान सुरु गरेका छौँ ।’

प्रहरीले हत्यारा चेतबहादुरलाई नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।

बन्चरो प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us