सासूबुहारी झगडाले दुई घर खरानी

काठमाण्डु टुडे २०७१ पुष ६ गते ५:५६ मा प्रकाशित

सोलुखुम्बु, ६ पुस–सासूबुहारीको झगडाका कारण लोखिम वडा नं सात सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् ।
index
बुहारीसँगको झगडाका क्रममा सासूले घरमा आगो सल्काउँदा दुई घर जलेर नष्ट भएको स्थानीयवासी सामाजिक परिचालक उत्तरकुवीर राईले जानकारी दिइन् ।

शनिबार दिउँसो भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको हो । आगो नियन्त्रणमा लिन नसक्दा घरभित्र रहेका सबै लत्ताकपडा र अन्न जलेको छ । स्थानीयले दुई घरसहित सबै सम्पत्ति जलेर करिब सात लाखको क्षति भएको बताएका छन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरीलाई त्यसतर्फ खटाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us