चिसोले कठ्यांग्रिएर तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ५ गते १५:१८ मा प्रकाशित

रौतहट, ५ पुस– रौतहटमा चिसोका कारण तीनजनाको मृत्यु भएको छ ।

स्थानीय सङ्ग्रामपुर गाविसमा शुक्रबार राति चिसोले कठयाङ्ग्रिएर तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सङ्ग्रामपुर–९ बस्ने ४५ वर्षीय रामनाथ पासवान, सोही गाविस–७ का ५५ वर्षीय अनती भगत राउत र सङ्ग्रामपुर गाविस–१ कै ५० वर्षीय चतुर्गणराय यादव रहेको थाहा भएको छ ।

चिसो बढेका कारण रौतहटमा सर्वसाधारणको ज्यान जानेक्रम सुरु भएको छ । चिसोका कारण गत दुई हप्ताको अवधिमा नौजनाको मृत्यु भएको गाविसका पूर्व अध्यक्ष किशोरी पटेलले बताए ।

श्वासप्रश्वासका रोगी तथा वृद्धवृद्धाको मुटुको भल्भमा समस्या हुने र अत्यधिक चिसोका कारण रगत जमेर मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us