अमेरिकी सेनाद्वारा नङ्ग्याइएकी भारतीय कुटनीतिज्ञको जागिर धरापमा

काठमाण्डु टुडे २०७१ पुष ५ गते १४:१५ मा प्रकाशित

Devyani-Khobragadeएजेन्सी–अमेरिकी सेनाले न्यूयोर्कमा नियन्त्रणमा लिएर नङ्ग्याएपछि चर्चामा आएकी एक भारतीय कुटनीतिज्ञलाई जिम्मेवारीबाट हटाइएको छ ।

आफूमाथि भएको दुव्र्यवहारबारे सञ्चारमाध्यमा अनधिकृत बयान दिएको आरोपमा देवयानी खोब्रागडेलाई जिम्मेवारी मुक्त गरिएको हो । उनीमाथि गत डिसेम्बरमा अमेरिकी सेनाले जबर्जस्ती कपडा खोल्न लगाएर खानतलासी लिएको थियो । उनी अमेरिकाका लागि लागि भारतीय उप–वाणिज्यदूत थिइन् ।
घटनाका कारण दुई मुलुकबीच तनाव बढ्दै जाँदा दिल्लीस्थित तत्कालिन अमेरिकी दूत नान्सी पावेलले पदबाट राजीनामा दिएकी थिइन् ।
खोब्रागडेले सञ्चारमाध्यममा पदीय मर्यादा भुलेर अनधिकृत अन्तर्वार्ता दिएको र आफ्ना छोराछोरीले अमेरिकी राहदानी लिएको सम्बन्धमा जानकारी लुकाएको भन्दै कामबाट हटाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचारहरुमा जनाइएअनुसार उनीमाथि प्रशासनिक छानबिन हुनसक्ने सम्भावना छ । विवादपछि भारतीय विदेश मन्त्रालयले खोब्रागडेलाई डिसेम्बरमै स्वदेश फिर्ता गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us