किन लगाउँछन् नेताहरु औंठी ?

काठमाण्डु टुडे २०७१ पुष ५ गते २:२८ मा प्रकाशित

पूर्वमन्त्री तथा तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेश त्रिपाठीले हातका सात वटा औंलामा औंठी लगाएका छन् । सात वटै औंठी फरकफरक धातुका छन् । मन्त्री हुँदा मन्त्रिपरिषद्, दलहरुका बैठकदेखि कार्यकर्तामाझसम्म उनले लगाएका औंठीबारे चर्चा हुन्छ ।

‘यतिका औंठी किन ? के पाउनु भएको छ यी लगाएर ?’ त्रिपाठीले बेलाबेला यस्ता जिज्ञासाको प्रस्टीकरण पनि दिइरहनु पर्छ । ‘यही औंठी लगाएर मन्त्री भएँ, औंठी लगाएर जेल पनि गए । यही औंठी लगाएर चुनाव पनि जितें, यिनै औंठी लगाएर चुनाव पनि हारें’, त्रिपाठीको जवाफ हुन्छ ।

सम्पत्तिका नाममा ३ थान मोवाइल मात्र पेस गरेका प्रधानमन्त्री सुशील कोइराला दाहिने हातका चोर साहिँली औंलामा औठी लगाउँछन । उनको औंठीका बारेमा पनि बेलाबेलामा चर्चा हुने गर्छ । औठीबारे बुझन खोज्दा उनका प्रेस सहयागीले भने, देशमा के के हुँदैछ, तपाईं औठीको पछि लाग्ने कस्तो पत्रकार ?

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुबै हातका साइली औलामा औठी भिर्छन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि औठीका सौखिन छन् । उनको दाँया हातको साहिँली औलामा औठी लगाएका छन् ।

त्यस्तै नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसाल पनि भाइले दिएको भन्दै औठी लगाउँछन् । तमलोपाका सहअध्यक्ष हृरदयेश त्रिपाठी सात औलामा औठी लगाउँछन् । विजयकुमार गच्छदार दायाँ हातको माइली औंलामा औंठी लगाएका छन् । उपराष्ट्रपति परमानन्द झा पनि दायाँ हातको साइली औलामा औंठी लगाउँछन ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us