
एजेन्सी– बिगत एक वर्ष यता चलिरहेको हवाना–बाशिंगटन प्रयासले मूर्त रुप लिदै पाँच दशकदेखि चलिआएको शत्रुतापूर्ण क्युबा–अमेरिका सम्बन्ध सुधार हुने संकेत देखिएको छ ।
मंगलबार दुवै देशका राष्ट्रपतिले ४५ मिनेट लामो कुरा गरेपछि दुवै देशको मुख्यालयबाट सम्बन्धमा सुधार गरिने घोषणा गरिएको हो ।
अमेरिकी राष्ट्रपति ओबामाले क्युबालाई एक्ल्याउने अमेरिकी नीति पूरै विफल भएको बताउँदै क्युबामाथिको नयाँ नीति ५० बर्ष भन्दा लामो समयकै महत्वपूर्ण परिवर्तन भनेका छन् । ओबामाले क्युबासँगको नयाँ कूटनीतिक सम्बन्ध बिस्तारलाई ‘नयाँ अध्याय’को संज्ञा दिएका छन् ।
एक बर्ष अघि नेल्सन मण्डेलाको निधनपछि एउटा कार्यक्रममा राष्ट्रपति ओबामाले क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग हात मिलाएर कुटनीतिको नयाँ अध्याय शुरु गरेका थिए । जसलाई मुर्त रुप मंगलबारको फोन बार्तासँगै दिइएको छ ।
मंगलबार ओबामाले क्यास्ट्रोसँग नयाँ सम्बन्ध बिकासका नीम्ती भन्दै ४५ मिनेट फोनमा कुरा गरेको अर्को दिन दुबै मुलुकको सम्बन्धमा नयाँ शुरुबात भएको घोषणा गरेका छन् ।
वाशिंगटनमा ओबामाले दिएका बयानसँगै हवानामा राहुल क्यास्ट्रोले पनि राष्ट्रका नाममा सम्बोधन गर्दै दुबै मुलुकको कूटनीतिक सम्बन्धलाई अगाडी बढाउन सहमती जनाएका हुन् । क्यास्ट्रोले आफ्नो सम्बोधनका क्रममा नयाँ सम्बन्धको मतलब आजै देखि सबै मतभेद अन्त्य भएको नभई क्युवाका माथि लगाईएको अमेरिकी आर्थिक नाकाबन्दी अन्त्य गर्नु पर्ने बताए ।
ओबामाले भने, ‘यो परिवर्तनले अमेरिकी र क्युवाली जनताहरुका लागि धेरै अवसर सृजना गर्नेछ र अमेरिकीहरुबीच नयाँ अध्याय शुरु हुनेछ ।’
ओबामाले आफ्नो क्युबा सम्बन्धको घोषणा गर्दै ब्यापारका साथै, पर्यटनमा बृढि गर्ने, हवानामा दूतावास खोल्ने र आयातमा केही नरम हुने बताए ।
बुधबार क्यूबाको जेलमा रहेका अमेरीकी नागरिक ऐलन ग्राँस र अमेरीकी जेलमा जासुसीको आरोपमा बन्दी जिवन बिताई राखेका तीन क्युबाली नागरिकलाई मुक्त गरिएको छ ।
अमेरिकाको यस कदमको अमेरिकामा धेरै जनाले स्वागत गरेका छन् भने अर्को तर्फ रिपब्लिकन्स र केही डेमोक्रयाटहरुले ओबामाको यस घोषणाको आलोचना गरेका छन् ।
दुबै मुलुकको सम्बन्धमा आर्थिक पाबन्दीहरुलाई सबै भन्दा ठुलो अबरोध ठानिएको छ । यस बिषयमा सिनेटमा कांग्रेसलाई आफ्नो मतमा सहमत गराउनु आबोमाकालागि ठुलो चुनौतिको बिषय हो ।
राष्ट्रपति क्यास्ट्रोले अमेरिकाद्धारा लगाईएको पाँच दशक लामो आर्थिक नाकाबन्दीले क्युबामा ठूलो मानवीय तथा आर्थिक क्षती भएको भन्दै नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका थिए ।
क्युबाको कम्युनिष्ट शासनलाई खत्म गर्न चाहन्थे कसिन्जर
लगभग चालिस बर्ष पहिले अमेरिकाका तत्कालिन विदेशमन्त्री हेनरी कसिन्जरले क्युबालाई खत्म गर्न चाहेको गोप्य सैन्य दस्ताबेजबाट खुल्न आएको छ ।
सैन्य मामिलाको शोधकर्ताहरुले फेला पारेको दस्ताबेजमा कसिन्जरले क्युबाको शासनलाई कम्युनिष्ट शासन भएका नाताले मन नपराएको तथा केही बाहानामा भएपनि हवाई हमला गरेर अन्त्य गर्न चाहेको पश्चिमी मीडियाले लेखेका छन् ।
‘सन् १९७६ मा क्युबाले अंगोलामा सैन्य हस्तक्षेप गरेको सन्दर्भलाई लिएर कसिन्जर आक्रोशित थिए’, दस्तावेजमा भनिएको छ ।
त्यसबेला क्युवाले अफ्रिकाको अन्य कुनै मुलुकमा सैन्य हस्तक्षेप गरेमा क्युबामा हवाई हमला गर्ने र त्यसलाई खत्म गरि दिने योजना विदेशमन्त्री कसिन्जर र तीनका सैन्य अधिकारीले बनाएका थिए ।
यी आवत सुचनाहरु नेशनल सेक्युरिटी आर्काइबको गोपनिय दस्ताबेजहरुमा सुरक्षीत छन् जसलाई हलैका दिनमा सार्वजनीक गरिएको छ ।
कसिन्जर क्युबामा फिडेल क्यास्ट्रोको नेतृत्वमा रहेको कम्युनिष्ट शासनलाई नै उल्ट्याउन चाहन्थे ।
दस्ताबेजका अनुसार अमेरिकी सैन्य अधिकारीहरुले क्युबाका बन्दरगाहहरु तथा सैन्य अखडाहरुमा हमलाको योजना बनाएइ रहेका थिए तर त्यसलाई कार्यान्बयनमा ल्याउन सकेनन् ।
(बिबिसीको सहयोगमा)