‘कोइली’ पहिलोपटक पोखरा उड्दै

काठमाण्डु टुडे २०७१ पुष २ गते २:०० मा प्रकाशित

काठमाण्डु, २ पुस– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा प्राप्त दोस्रो जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ । यो जहाजको पहिलो गन्तव्य पोखरा रहेको छ ।

Nepal-Air

पोखराका लागि दैनिक दुई उडान राखिएको निगमले जनाएको छ । पहिलो उडान बिहान ८ बजे र दोस्रो दिउँसो २ बजेलाई राखिएको छ । पोखराबाट बिहान ९ :१० बजे र दिउँसो ३ :१० बजे फर्कने तालिका बनाइएको छ ।

निगमले भाडा दर प्रतियात्रु ३ हजार १० रुपैयाँ तोकेको छ । प्रवद्र्धनात्मक भाडा दर सम्पूर्ण करसहित भएको निगमले जनाएको छ । विदेशी यात्रुका लागि भने करसहित ९० अमेरिकी डलर तोकिएको छ ।

निगमले गत कात्तिक १७ मा चीनबाट ल्याएको १८ सिट क्षमतायुक्त ‘वाई १२–ई’ जहाजले हालै उडानयोग्यता परीक्षण उडान र ‘प्रुभिङ फ्लाइट’ गरेको थियो

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us