विद्यालय आक्रमणमा ९५ को मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १ गते १०:५८ मा प्रकाशित

एजेन्सी–पाकिस्तानको पेसावारको खबैर पाख्तुनख्वा प्रान्तको सैनिकद्वारा सञ्चालित एक विद्यालयमा मङ्गलबार भएको तालिवानी आक्रमणमा विद्यार्थीसहित ९५ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणको क्रममा अज्ञात सङ्ख्यामा विद्यार्थी र विद्यालयका कर्मचारीलाई बन्धक बनाइएको समेत जनाइएको छ ।

स्थानीय अधिकारी र सञ्चार माध्यमकाअनुसार पेसावर सहरको गुल्वाहार क्षेत्रको वार्साक सडकमा अवस्थित सैनिकद्वारा संचालित सार्वजनिक विद्यालयमा स्थानीय समय अनुसार मङ्गलबार बिहान १०ः३० बजे सो आक्रमण भएको थियो ।

घटनाको तेहरिक इ तालिवान पाकिस्तानले जिम्मेवारी लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us