
उदयपुर, १ पुस–नेकपा–माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले आगामी माघ ८ सम्ममा नेपाली जनताले चाहेजस्तो जनसंविधान नबने आफूहरुले सडकबाटै संविधान घोषणा गर्ने चेतावनी दिएका छन् ।
क्रान्तिकारी पत्रकार महासङ्घ उदयपुरद्वारा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गजुरेलले वर्तमान सरकारले माघ ८ गते जारी गर्ने संविधान मजदुर, किसान वर्ग र जनजाति, मधेसीको पक्षमा तथा धर्म निरपेक्षतामा आधारित हुनुपर्नेमा जोड दिए ।
एक प्रसङ्गमा नेता गजुरेलले भने,‘विप्लवले पार्टी फुटाएको हैन, केही साथीहरु विप्लवसँग गएका मात्र हुन्, यसले हामीहरुलाई केही फरक पर्दैन ।’