
महोत्तरी, १ पुस–महोत्तरीको बर्दिबास जलेश्वर सडकखण्डअन्तर्गत रामगोपालपुरमा ट्याक्टरको ठक्करले गम्भीर घाइते भएको एक छात्रको उपचारका क्रममा मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करले गम्भीर घाइते भएका सहसौला–९ का १४ वर्षीय सतेन्द्र साहको अञ्चल अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत सतेन्द्र साइकलमा सवार भई विद्यालयतर्फ आउने क्रममा उनलाई जलेश्वरबाट आइरहेको ना१त २०९० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्याक्टर र चालक प्रहरीकोे नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ । रासस