
बनेपा, २९ मंसिर–काभ्रेपलाञ्चोकको पाँचखालमा भएको माटो परीक्षण घुम्ती प्रयोगशालाबाट पाँचखालको माटोमा अम्लियपना नभएको देखिएको छ ।
जिल्लाको पाँचखालमा माटोको उर्बरा शक्तिमा ह्रास भइरहेको भनेर आलोचना भइरहेका बेला नेपालमै पहिलोपटक माटो व्यवस्थापन निर्देशनालयको अगुवाइमा पारादीप फस्फेट लिमिटेड भारतले उपलब्ध गराएको मोबाइल भ्यानबाट सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखाल आसपासका कृषकले माटोको अवस्था जाँच गराएका थिए ।
तीन दिनसम्म सञ्चालन सो प्रयोगशाला सडकको पहँुच भएका जिल्लाको अन्य विभिन्न गाविसमा समेत पु¥याएर माटोको जाँच गरिएको माटो व्यवस्थापन निर्देशनालयले जनाएको छ ।
यसअघि जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले गरेको माटो शिविरमा जिल्लाको ढुङ्खर्क गाविसको माटोमा अम्लियपना देखिएको थियो ।
माटोको व्यवस्थापन प्राङ्गारिक मल र जैविक विषादीको प्रयोगबाट हटाउन सकिने कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए । रासस