सभामुखले भने, ‘दुई घन्टामा गर्छु भनेको सहमति खोई ?’

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते २:२१ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– संविधानसभा अध्यक्ष सुवासचन्द्रर नेम्वाङले सोमबार विहान ११ बजे सुरु हुने संविधानसभाको पूर्ण बैठक अगावै नयाँ संविधानका अन्तरवस्तुमा सहमति गर्न प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

subas
‘संवाद समितिको गतिरोध तोड्नका लागि भएका छलफलमा दलका नेताहरुले संविधानका अन्तरवस्तुमा सहमति निर्माणका लागि दुई घन्टा समय भए पुग्ने वताउनुभएको थियो, संसद् सेवा दिवसका सन्दर्भमा आइबार सिंहदरवारको ग्यालरी बैठकमा आयोजित कार्यक्रममा नेम्वाङगले भने, सोमबार विहान ११ बजेअघि त्यस्ता थुप्रै दुई घन्टाको समय उपलब्ध छ, दलहरुले सहमति गर्नुपर्छ ।’ संविधानसभाको कार्यतालिका अनुसार नयाँ संविधान जारी गर्ने प्रक्रिया पूरा गर्न एक सय २८ दिनको काम बाँकी छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको चौथो प्रतिवेदनमाथिको सैद्धान्तिक छलफलका मंगलबार सुरु हुँदैछ । यसअघि संविधानका अन्तरवस्तुमा सहमति जुटाउन वा मतदानका लागि प्रश्नावली बनाउन संविधानसभाले दिएको निर्देशनविपरीत संवादले दुवै काम नगरेको प्रतिवेदन सभामा पेस गरेको थियो ।

दलरुबीच उक्त प्रतिवेदनमाथिको सैद्धान्तिक छलफलपछिको प्रक्रियामा सहमति भएको छैन ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us