धर्म परिवर्तन गर्न नमानेको आरोपमा चारजनाको घाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १४:२१ मा प्रकाशित

seriaएजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले सिरियामा ईश्वरको निन्दा गरेको आरोपमा चारजनाको टाउको काटेर हत्या गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आईएस लडाकुले होम्स सहरमा इस्लाम धर्म मान्न अस्वीकार गरेको आरोपमा चार इसाई धर्मावलम्बीको हत्या टाउको काटेर हत्या गरेका हुन् ।

सिरियामा आईएस, बोको हराम, अल सबाब, तालिवान र अलकायदासहित जिहादी समूहले हत्या शृंखला मच्चाएका छन् । आईएसले शुक्रबार मात्र उत्तरी सहर मनबिजमा एक महिला र एक पुरुषलाई बलात्कारको आरोपमा ढुंगा हानी हत्या गरेको थियो ।

सिरियामा गत महिना मात्र ६ सय ९३ जना मारिएको राष्ट्रसंघको तथ्यांकले औंल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us