एमालेमा छानिए सहमतिबाटै ६२ सदस्यीय पोलिटब्युरो

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १३:०० मा प्रकाशित

काठमाण्डु,२८ मंसिर– पोलिटव्युरो सदस्य छान्नका लागि निर्वाचन प्रक्रियामा जान पाइला उठाइसकेको एमालेले सहमतिमै ६२ सदस्यीय पोलिटब्युरो चयन गरेको छ । जसमध्ये ४७ पुर्ण र १५ जना वैकल्पिक सदस्य रहेका छन् ।

CPN_Uml_Building
सर्व सम्मती गर्न भनेर निर्वाचन प्रक्रियालाई एमालेले एक दिन स्थगित गरेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ट नेता माधवकुमार नेपालका बिच भागबन्डा मिलेपछि पोलिटब्युरो चयन गर्ने समस्या समाधान भएको हो ।
अध्यक्ष ओलीले आइतबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । पोलिटब्युरो सदस्यमा पुराना र नयाँ गरि लगभग सबैको बराबरी उपस्थिति छ ।
पोलिटब्युरोको चयनका लागि पार्टी अध्यक्ष ओलीको बालकोट स्थित निवासमा भएको छलफलले नै सर्वसम्मतीको ढोका खोलेको हो ।
पोलिटब्युरोका पूर्ण सदस्यहरु

१. केपी शर्मा ओली, २. झलनाथ खनाल, ३. माधवकुमार नेपाल, ४. वामदेव गौतम, ५. विद्यादेवी भण्डारी, ६. युवराज ज्ञवाली, ७. अष्टलक्ष्मी शाक्य, ८. भीम रावल, ९. ईश्वर पोखरेल, १०. विष्णुप्रसाद पौडेल, ११. घनश्याम भूषाल, १२. प्रदीप ज्ञवाली, १३. पृथ्वी सुब्बा गुरुङ, १४. गोकर्ण बिष्ट, १५. भीम आचार्य, १६. योगेश भट्टराई, १७. मुकुन्द न्यौपाने, १८. अग्नी खरेल, १९. अरुण नेपाल, २०. काशीनाथ अधिकारी, २१. किरण गुरुङ, २२. गणेश तिमिल्सिना, २३. गंगालाल तुलाधर, २४. छविलाल विश्वकर्मा, २५. थममाया थापा, २६. नागेन्द्र चौधरी, २७. प्रकाश ज्वाला, २८. प्रदिप नेपाल, २९. परशुमेघी गुरुङ, ३०. पशुपति चौलागाईं, ३१. बिन्दा पाण्डे, ३२. बेदुराम भुसाल, ३३. भानुभक्त ढकाल, ३४. महेन्द्र पाण्डे, ३५. यामलाल काडेल, ३६. रघुजी पन्त, ३७. राजेन्द्र पाण्डे, ३८. राधा ज्ञवाली, ३९. रामनाथ ढकाल, ४०. रामप्रित पासवान, ४१. लालबाबु पण्डित, ४२. विजय पौडेल, ४३. विष्णु रिमाल, ४४. शंकर पोखरेल, ४५. सत्यनारायण मण्डल, ४६. सुरेन्द्र पाण्डे, ४७. श्रीमाया थकाली।

वैकल्पिक सदस्यहरु

१. कर्ण थापा, २. गोकुल घर्ती, ३. गोरख बोगटी, ४. गौरा प्रसाईं, ५. जगत विश्वकर्मा, ६. जगन्नाथ खतिवडा, ७. तुलबहादुर गुरुङ, ८. दलबहादुर राना, ९. बंशिधर मिश्र, १०. भागवत विश्वासी, ११. युवराज कार्की, १२. योगनारायण यादव, १३. शत्रुघन महतो, १४. शेरधन राई, १५. सानुकुमार श्रेष्ठ ।

एमालेमा महाधिवेशन भएको पाँच महिनापछि स्थायी कमिटी र पोलिट्ब्यूरो चयन भएको हो । पोलिट्ब्यूरो चयनका लागि यसअघि भने निर्वाचन भएको थियो ।

पार्टी एकता बलियो बनाउनुपर्ने भन्दै दोस्रो र तेस्रो बरियताका नेताहरुले दबाब दिएपछि शीर्ष नेताहरु सर्वसम्मत स्थायी कमिटी र पोलिट्ब्यूरो चयन गर्न सहमत भएका थिए ।

पोलिट्ब्यूरोमा ओलीपक्षबाट १७ जना पूर्ण र ९ जना वैकल्पिक तथा नेपाल पक्षबाट १५ जना पूर्ण र ६ जना वैकल्पिक सदस्य चयन भएका छन् । १४ पदाधिकारीसहित बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी समिति सदस्य मुकुन्द न्यौपानेसहित पोलिट्ब्यूरो ६२ सदस्यीय भएको छ ।

पोलिट्ब्यूरोमा ओली पक्षबाट ३४ र नेपाल पक्षबाट २७ जना छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us