डन रमेश बाहुन गोलघरबाहिर, प्रेमिकासहित पक्राउ परेका अभिषेक गिरी भित्र

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ३:२७ मा प्रकाशित

ramesh-bahunकाठमाण्डु, २८ मंसिर– केन्द्रीय कारागारले गुन्डाका एक नाइकेलाई गोलघरबाट बाहिर निकालेको छ भने अर्कालाई गोलघरभित्र पठाएको छ ।

रमेश बाहुन भनिने सुजन पौडेललाई गोलघरबाट बाहिर निकालिएको छ भने अभिषेक गिरीलाई भित्र राखिएको छ ।

जेलभित्रै झगडा गर्न थालेपछि गिरीलाई नख्खु कारागारबाट स्थानान्तरण गरी सुन्धारास्थित गोलघरमा राखिएको हो । एक सरकारी कर्मचारीलाई अपहरण गरी फिरौती लिएको मुद्दामा उनी प्रेमिकासहित गत साउनमा पक्राउ परेका थिए ।

abhishek-giriलामो समयदेखि फरार रहेका बाहुन गत असारमा पक्राउ परेका थिए । १८ साउनमा जेल परेका बाहुनलाई डिल्लीबजार जेलबाट दुई सातामै सुन्धारा लगेर गोलघरमा राखिएको थियो । जेलभित्रै समूह बनाएर अपराध गर्न सक्ने भन्दै उनलाई गोलघरमा राखिएको थियो ।

गोलघर जेलभित्रको पनि जेल हो, त्यहाँभित्र बस्नेले जेलका अन्य कैदी/बन्दीसँग भेट्न र कुरा गर्न पाउँदैनन् । बढी खतरनाक र जेलभित्रै झगडा गर्नेहरुलाई गोलघरमा राखिन्छ ।
१० जना क्षमता भएको गोलघरभित्र प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै कोठा हुन्छ ।

गोलघरमा हिन्दू अतिवादी समूहको नममा विस्फोट गराउने आरपी मैनालीलगायतका कैदी/बन्दी छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us