
काठमाण्डु,२७ मंसिर– घाइते अवस्थामा फेला परेका जोरपाटी–६ बस्ने सोलुखुम्बु जिल्ला घर भएका ५० बर्षीय बिजय कुमार कार्कीको उपचारकै क्रममा मृत्यु भएको छ भने कामपा–१६ धु्रब गल्लीमा बस्ने नुवाकोटका विदुर नगरपालिका–११ का ४६ बर्षीया जुँगे भन्ने गोपाल लामिछाने शुक्रवार आफ्नै कोठामा मृत फेला परेका छन् ।
कार्कीलाई डाछी–९ ओरालोमा प्रहरीले घाईते अवस्थामा फेला पारेको थियो । कार्कीसँगै बा.२४प. १०२९ नम्बरको मोटरसाइकल समेत फेला परेको छ ।
यसैगरी शुक्रबारदेखि हराई रहेका सर्लाही कर्मैया–९ का कृष्ण बहादुर मोक्तानका ११ बर्षीय छोरा निरज मोक्तान शनिबार बिहान उखुबारीमा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै पर्वत जिल्ला कुस्मा नगरपालिका–९ पाखाथर डेरा गरी बस्ने बाग्लुङ जिल्ला घर भएकी २८ बर्षीया बिष्णु परियार बुधबारदेखि हराई रहेकी हुदा खोजतलास गर्ने क्रममा शनिबार पाखाथरकै पानीपाखोमा मृत अवस्थामा फेला परेकी छिन् ।