यी हुन् ९ महिनामा ९ चोटी विदेश जाने मन्त्री

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:१४ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– शिक्षामन्त्री खोइ त हजुर ? यसो भनेर कसैले सोध्यो भने शिक्षा मन्त्रालयका उच्चदेखि तल्लो तहका कर्मचारीको एउटै जवाफ हुन्छ, ‘विदेश जानुभएको छ ।’

Chitralekha-Yadav_20140522054833

सबैभन्दा बढी विदेश भ्रमण गर्ने मन्त्रीको नाम लिनु पर्दा अझै पनि अग्रपंक्तिमा शिक्षामन्त्री चित्रलेखा यादव पर्छिन । जस्तो भ्रमणमा बोलाए पनि उनी आफ्नो हैसियत बिर्सेर विदेश गइरहनुले मन्त्रीको इज्जत पनि घट्न थालेको छ ।

यादव शिक्षामन्त्री भएको ९ महिना पुग्दा उनले ९ वटा देश घुमिसकेकी छन् । शिक्षा मन्त्रालयकै कर्मचारीहरुले प्रश्न गर्दछन्, ‘सरकार पनि कस्तो, जस्तो सुकै देशमा मन्त्री आफै विदेश भ्रमण जाँदा लाग्ने भ्रमण खर्च स्वीकृति गरिदिने ?’

कात्तिकको पहिलो हप्ता मात्रै पति श्रीकृष्ण यादवलाई विशेष अतिथि बनाएर जापान पुगेकी उनी एक महिना नपुग्दै सिंगापुर पुगेकी थिइन् । सिंगापुरको बसाइ सकेर उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।

‘अब मन्त्रीको कहाँको भ्रमण होला ?’ मन्त्रालयकै कर्मचारीले मन्त्रीका स्वकीय सचिवहरुसँग सोध्ने गरेका छन्, ‘मन्त्री विदेश जाने कुरा उनीहरुलाई कहाँ थाहा हुन्थ्यो र ।’ उनीहरुले अन्य कर्मचारीलाई भन्ने गरेका छन्, तपाईंहरु जस्तै हामी पनि उस्तै ।’ गएको माघ २७ गठन भएको प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रीमण्डलमा फागुन १३ गते शिक्षामन्त्रीमा यादव नियुक्त भएकी थिइन ।

नेपाल समचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us