ज्ञानेन्द्रले मोदी सहित कस-कसलाई दिल्लीमा भेटे ?

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते १:२३ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर–भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टी ‘भाजपा’का शीर्ष नेताहरुसित भेटर्वार्ता गरेका छन् । उनले कात्तिक २१ देखि मंसिर १ गतेसम्म भारतको भ्रमण गरेका थिए ।

gyanendra-shah
भजपाका संगठन विभाग प्रमुख डा. दिनेस उपाध्यायका अनुसार ज्ञानेन्द्रले २३ कात्तिकमा भारतीय प्रधानमन्त्री मोदीसित दिल्लीमा भेटर्वार्ता गरेका हुन् । छलफलको विषयमा भने उनले विस्तृत बताउन चाहेनन् । भाजपाका अध्यक्ष अमित शाह, वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतसित पनि पूर्वराजा ज्ञानेन्द्रले छलफल गरेको उपाध्यायले बताए ।

०६६ मा गुजरातमा जाँदा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । ज्ञानेन्द्र निकटस्थहरुका अनुसार उनीहरुबीच व्यक्तिगत सम्पर्क र सम्बन्ध छ ।

ज्ञानेन्द्र काठमाण्डु फर्केपछि नेपाल आएका भाजपाका नेता उपाध्याय र राष्ट्रिय स्वयंसेवक संघका नेता उपानन्द ब्रह्मचारीले उनलाई भेटेका थिए । उपाध्यायले नयाँदिल्ली र काठमाण्डुमा पूर्वराजासँग लामो भेटघाट गरेको बताए ।

‘नेपालका महाराजसँग मेरो नयाँदिल्ली र काठमाण्डुमा लामो छलफल भयो’, उपाध्यायले नयाँदिल्लीबाट टेलीफोनमा भने, ‘कंग्रेस आईले भारतलाई मात्र होइन, नेपाललाईसमेत बर्बाद पारिदिएको छ, हामी त्यसलाई करेक्सन गर्दैछौं । त्यही सिलसिलामा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री नरेन्द्र मोदीसहित वरिष्ठ नेताहरुसँग दिल्लीमा भेट गर्नुभयो, मैले पनि भेट्ने सौभाग्य पाएँ ।’

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us