सुशीलकै अगाडि दुई मन्त्रीको यस्तो लफडा

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते २:०१ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– सार्कको हालै सम्पन्न १८ औं शिखर सम्मेलनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीमध्ये गृह मन्त्रालयअन्तर्गत कार्यरतलाई थप भत्ता दिने प्रस्तावमा मन्त्रीहरुबीच विवाद उत्पन्न भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा गृह मन्त्रालयका कर्मचारी दैनिक चार सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा मन्त्रीहरु त्था उच्चपदस्थ अधिकृतहरुको मंसिर १५ गते बसेको बैठकमा गौतमले राखेको प्रस्तावलाई अथएमन्त्री रामशरण महतले ठाडै अस्वीकार गरेका थिए ।
सार्कमा नेपाली सेना र अन्य मन्त्रालयका कर्मचारी पनि खटिएका थिए । अथएमन्त्री महतदे अर्थको स्वीकृतिबिना यस्तो प्रस्ताव आएकाले भत्ताका लागि थप बजेट दिन नसकिने अडान राखेपछि दुई मन्त्रीबीच विवाद भएको थियो ।

सरकारले अतिरिक्त समय काम गरेको भत्ता र खाजाका लागि दैनिक दुई सय ५० रुपैयाँ दिने निर्णय गरिसकेको थियो । तर महतको विरोधपछि गौतमको प्रस्ताव अस्वीकृत भएको थियो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us