
एजेन्सी– दक्षिण एसियाली मुलुक माल्दिभ्सको राजधानी मालेमा पिउने पानीको हाहाकार भएको छ ।
पानी अभाव भएपछि सरकारले त्यहाँको सरकारले मालेमा राष्ट्रिय विपत घोषणा गरेको छ ।
सहरको बाहिरी भागमा रहेको समुन्द्रको पानी फिल्टर गर्ने ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ आगलागीका कारण बन्द भएपछि पानीको हाहाकार भएको अधिकारीहरुलाई उद्धृत गर्दर्ै अन्तर्राष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।
मालेका करिब एक भन्दा बढी मानिसको बसोबास छ । यसैबीच भारतले सैनिक हेलिकोप्टरमार्फत माल्दिभ्सका लागि पानी ओसारेको छ ।
आर्थिक विकासमन्त्री मोहम्मद सरिफले पानी उपलब्ध गराइदिन भारतसहित चीन र श्रीलङ्कासँग आग्रह गरिएको छ ।
आलगालीका कारण बिग्रिएको वाटर फिल्टर प्लान्ट मर्मतका लागि अझै केही दिन लाग्ने बताइएको छ ।