अल्जेरियामा सोह्र प्रदर्शनकारी मुक्त

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ८:४६ मा प्रकाशित

अल्जियर्स, १४ मंसिर– अल्जेरियाको वाग्र्ला प्रान्तमा गतः शुक्रबारदेखि सुरु भएको प्रहरीसँग झडपको क्रममा पक्राउ परेका १६ जना प्रदर्शनकारी मुक्त भएका छन् । प्रदर्शनकारीलाई छाड्न अल्जेरियाली गृह मन्त्री ताएब बेलाइजले शनिबार आदेश दिउका हुन् ।

Algeria
राजधानी अल्जियर्सदेखि ६१५ किलोमिटर दक्षिणपश्चिममा पर्ने टोगोर्ट इलाकामा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा दुई प्रर्दशनकारीको मृत्यु समेत भएको थियो ।

आवासका लागि राज्यबाट आंशिक अनुदान सुविधा, खानेपानी आपूर्तिको सहज व्यवस्था र उचित रोजगारीको माग गर्दै त्यहांका युवाहरुले सडकबाट आन्दोलन र विरोध प्रदर्शन सुरु गरेका थिए ।
विरोध प्रदर्शनको क्रममा ४० भन्दा बढी युवकहरु घाइते हुनुको साथै कयौंको संख्यामा पक्राउ परेका थिए ।

एकजना सुरक्षा अधिकारीका अनुसार करिब ७०० का सङ्ख्यामा आएका प्रदर्शनकारीहरुको एक आक्रोशित समूहले पक्राउ परेका आफ्ना साथीहरुको रिहाईको माग गर्दै स्थानीय प्रहरी चौकीमा आक्रमण गरेकामा प्रहरीले प्रतिकार गर्दा दुई प्रदर्शनकारीको मृत्यु भएको हो ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us