काठमाण्डु, १४ मंसिर– नेकपा–माओवादीबाट सम्बन्धविच्छेद गरेका नेता नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन् ।
चितवनको शुक्रनगर– ८ जप्कामा तीन दिनसम्म चलेको विप्लब समूहको बैठकले उनकै नेतृत्वमा नेकपा–माओवादी गठन गरेको हो ।
तत्कालीन एकता केन्द्र (अहिलेको एमाओवादी) ले सशस्त्र युद्दमा जाने निर्णय पनि चितवन बैठकबाटै गरेको थियो ।
२०५१ मा १६ देखि २१ जेठसम्म चितवनमा बसेको एकता केन्द्रको विस्तारित बैठकले प्रचण्डको नेतृत्वमा जनयुद्दमा जाने निर्णय गरेको थियो ।
विप्लव समूह पनि सशस्त्र संघर्षकै तयारीमा रहेको स्रोतले जनाएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार सोमबार पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गरिनेछन् । राष्ट्रिय भेलापछि मात्रै संघर्षका कार्यक्रम तय गरिने उनले बताए ।
यसैबीच ,नेकपा–माओवादीबाट फुटेका नेता नेत्रविक्रम चन्द विप्लव र उनका नेता तथा कार्यकतामाथि प्रहरीले निगरानी थालेको छ । गृहमन्त्रालयको निर्देशनमा प्रहरी र सेनाले उनीहरुलाई निगरानी गर्न थालेको हो ।
नयाँ पत्रिकाबाट