मोदीले चुनाव जितेको क्षेत्रमा ३ लाख फर्जी मतदाता

काठमाण्डु टुडे २०७१ मंसिर १० गते १४:२२ मा प्रकाशित

narendra modiकाठमाण्डु, १० कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदीय निर्वाचन जितेको वाराणसी राज्यमा ३ लाख ११ हजार ५७ फर्जी मतदाता रहेको खुलासा भएको छ ।
फर्जी मतदाता संख्या संख्या ६ लाख नाघ्ने अनुमान भारतीय सञ्चार माध्यमले गरेका छन् ।

अरबीन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीले मोदीले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाउँदै आएको छ ।

बीजेपी नेता मोदीले आम आदमीका संयोजक अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७ सय ८४ मतको अन्तरले पराजित गरेका थिए ।

भारतीय सञ्चार माध्यमले निर्वाचन आयोगको निर्देशनमा जिल्ला प्रशासनले मतदाता नामावलीको पुन: परीक्षणको क्रम जारी रहेकाले फर्जी मतदाता संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।

फर्जी मतदाताले मत हालेको सार्वजनिक भएपछि भारतमा मोदीको आलोचना समेत सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us