सार्कमा सबैभन्दा जेठा सुशील, कान्छा तोब्गे

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १२:३६ मा प्रकाशित

sushil-togbeकाठमाण्डु, ९ मंसिर– राजधानीमा बुधबारबाट सुरु हुने दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखमध्ये सबैभन्दा जेठा नेपालका प्रधानमन्त्री सुशील कोइराला छन् । भुटानी प्रधानमन्त्री छिरिङ् तोब्गे सबैभन्दा कम उमेरका छन् ।

अविवाहित कोइराला ७५ र तोब्गे  ४९ वर्षका भए । यस्तै श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षको ६९ वर्ष, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको उमदेर ६७ वर्ष छ । हसिना बंगलादेशका संस्थापक तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनको उमेर समान ६५ वर्ष छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६४ वर्षका भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us