सबै सार्क राष्ट्र प्रमुख र सरकार प्रमुख काठमाण्डुमा

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सबै सरकार तथा राष्ट्र प्रमुख आज काठमाण्डु आइपुगेका छन् ।

Welcoming The Prime Minister of Bangaladesh By Minister Radha Gyawali

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्दै उर्जा मन्त्री राधा ज्ञवाली, साेल्टी हाेटलमा ।

शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुनेछन् ।

सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति नवाज सरिफ, श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम तथा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे काठमाण्डु आइपुगेका हुन् ।

Modi Twitt

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी ।

बिहान सवा दश बजे श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष अाइपुगे । उनी नेपाल अाइपुग्ने पहिलाे राष्ट्राध्यक्ष हुन् ।

उनीपछि भुटानी प्रधानमन्त्री तोब्गे ११ बजे काठमाण्डु अाइपुगे । त्यसैगरी अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी ११ बजेर १० मिनेटमा अाइपुगे ।

अपरान्ह १२ बजे मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन त्रिभुवन विमानस्थल अाए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपरान्ह तीन बजे काठमाण्डु अाइपुगे ।

भारतीय प्रधानमन्त्री अाएकाे पन्ध्र मिनेटपछि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ अाइपुगेका हुन् ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद सबैभन्दा पछाडि अाइपुगिन् । उनी अपरान्ह चार बजे अाइपुगिन् ।

सबै विशिष्ट व्यक्तिहरुलाई विमानस्थलमा उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंहले स्वागत गरेका छन् ।

गौतमले भारतका मोदी, श्रीलंकाका राजापाक्षे, माल्दिभ्सका यमिन र अफगानिस्तानका घानी तथा सिंहले बंगलादेशकी हसिना, भुटानका तोब्गे र पाकिस्तानका सरिफको स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us