
महोत्तरी, ९ मंसिर– महोत्तरी जिल्लाको रामगोपालपुरमा ट्रयाक्टरको ठक्करले एक जनाको मृत्यु भएको छ । आज बिहान रामगोपालपुर–२ मा ज१त ४२८४ नम्बरको ट्रयाक्टरको ठक्करले सहसौला–८ का १७ वर्षीया कृष्णाकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सरपल्लोबाट औरहीतर्फ आइरहेको उक्त ट्रयाक्टरले बाटो काट्न लागेका बेलामा ठक्कर दिँदा साहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ । ट्रयाक्टरका चालक भने फरार रहेका छन् । रासस