सार्क महामहिम : को–को जोडी, को–को बिजोडी ?

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १०:५५ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन दक्षिण एशियाका राष्ट्र तथा सरकार प्रमुखहरु आज काठमाण्डु आइपुग्दैछन् ।

raja pakchhe with wife

राजापाक्षेकाे जाेडी

उनीहरुमध्ये केही राष्ट्र प्रमुख तथा सरकार प्रमुखले मात्रै जोडीसहितको काठमाण्डु यात्रा गर्नेछन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पत्नी बेगम साहिवा, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल पत्नी फतिमा इराहिम र श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे पत्नी सिरान्थीका साथ सार्कमा सहभागी हुनेछन् ।

abdulla haa yamin

अब्दुल्लाह यामिनकाे जाेडी

बंगलादेशकी प्रधानमन्त्रीका पति वाजेद मियाको निधन भएकाले उनी पनि एक्लै आउनेछिन् । अफगान राष्ट्रपति घानी पत्नी रुला र भुटानी प्रधानमन्त्री तोग्बे पत्नी टासी डोमलाई नलिई आउनेछन् ।

nawas sarip

नवाज सरिफकाे जाेडी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक्लै आउँदैछन् । उनी लामो समयसम्म श्रीमतीसँग छुट्टिएर बसेका छन् । त्यसैगरी नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि बिजोडी छन् । उनी पनि अविवाहित सरकार प्रमुख हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us