सिचुआन, ७ मंसिर– चीनको सिचुआन प्रान्तमा शनिबार भूकम्प गएकाे छ । सिचुआनको कङ्गडिङ्ग नगरमा गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट घाइते भएका सबैलाई उद्धार गरिएको छ ।
स्थानीय समयाअनुसार शनिबार ४ः५५ अपरान्ह्मा सो भूकम्प गएको थियो । यस भूकम्पबाट ४ को व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५४ जना घाइते भएका पुष्टि भएको छ ।
सो भूकम्पबाट ७९ हजार ५०० व्यक्ति प्रभावित भएका बताइएको छ । भूकम्पको कारण २५ हजार घर क्षतिग्रस्त भएको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रबाट ६ हजार दुईसय व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
रासस