ओबामाले ल्याए नयाँ आप्रवासी नीति

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १०:०९ मा प्रकाशित

barak obamaएजेन्सी– अमेरिकाले आफ्नो आप्रवासी नीतिमा व्यापक परिवर्तन गर्ने भएको छ ।

राष्ट्रपति बाराक ओबामाले शुक्रबार टेलिभिजन सम्बोधनमार्फत आप्रवाशी नीतिमा सुधारको घोषणा गरेका हुन् ।

रिपब्लिकनले समर्थन नगर्ने बताएपछि कँग्रेसको अनुमोदनबिनै कार्यकारी अधिकार प्रयोग गरी ओबामाले नयां नीति सार्वजनिक गरेका हुन् ।
घोषणामा अमेरिकामा हरेका आप्रवाशीले काम गर्ने अधिकार प्राप्त गरेका छन् । अधिकारीहरुका अनुसार अमेरिकामा हाल झण्डै १ करोड १० लाख अवैध आप्रवासीहरु छन् ।
ओबामाको घोषणासँगै अमेरिकामा बसोबास गरिरहेका अवैध आप्रवासी देश निकालाबाट जोगिने भएका छन् ।

ह्वाइट हाउसले आप्रवासीसँग सम्बन्धित राष्ट्रपतिको पछिल्लो कदम महत्वपूर्ण हुने विश्वास लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us