साइकलमा तेल बेचेर अर्बपति ?
काठमाण्डु टुडे
२०७१ मंसिर ६ गते १:४८ मा प्रकाशित
एजेन्सी– साइकल चलाएर घरघर तेल बेच्दै हिँड्ने मान्छे अर्बपति बन्न सक्ला ? धेरैलाई यस्तो कुरा सम्भब नहोला

जस्तो लाग्छ ।
तर ,यहाँ यस्तै एक अर्बपतिको चर्चा गरिँदैछ । ,जो कुनैबेला पन्जाबका गाउँमा साइकलबाट तेल बेच्दै हिँड्थे ।
करिब दुई साताअघि दिवंगत किमतराय गुप्ता साइकलबाट आफ्नो व्यापार सुरु गरेर फोब्सको विश्वका धनीको सूचीमा समेत सामेल हुन सके ।
अन्तर्राष्ट्रिय विद्युतीय उपकरण कम्पनी हेवल्सका मालिक गुप्ताको ७७ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भयो ।
एउटा सफल व्यवसायी भएर पनि उनी लो प्रोफाइलमा रहे । कारण एउटै थियो, कामलाई महत्व दिनु ।
उनले संघर्ष गरे तर हतार गरेनन् ।
आफ्नो धरातललाई सधैं सम्झने उनी पन्जाबबाट सन् १९५८ मा दिल्ली पुगेका थिए । जहाँ उनले विद्युतीय सामानको पसल सुरु गरे ।
पुरानो दिल्लीको निकै भिडभाड हुने बजार भगिरथ चोकमा उनको पसल थियो । सन् १९७१ मा उनले ठूलो अवसर पाए, जब उनले हावेल्स कम्पनीका रुपमा उनले आफ्नो व्यवसायलाई बढाउने मौका पाए । कान्तिपुर दैनिकबाट