
नयाँदिल्ली, ६ मंसिर– उत्तरप्रदेश सरकारका मन्त्री तथा समाजवादी पार्टीका वरिष्ठ नेता आजम खानले पार्टी प्रमुख मुलायमसिंह यादवको जन्मदिनमा रामपुरमा भव्य पार्टी दिए ।
तर, भव्य पार्टीबारे उठेको प्रश्नमा आजम खानले दिएको बयानले भारतमा विवाद निम्त्याएको छ । पत्रकारले आजमलाई भव्य पार्टीका लागि खर्चको व्यवस्था कसरी भयो भनेर सोधेको प्रश्नमा उनले भने ,‘तालिावानले दिएको फन्ड हो ।’
पाकिस्तान तथा अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको चरमपन्थी समूह तालिवानबाट मुलायमका लागि गरिएको पार्टीमा आर्थिक सहयोग भएको भन्ने उनको भनाइलाई दिएर अहिले भारतमा व्यापक आलोचना भइरहेको छ ।
‘यो सबै तालिवानीको सहयोगले गरिएको हो,’ उनले भने ,‘केही त दाउद इब्राहिम र अबु सालेमले पनि दिएका हुन् ।’
उनले मुलायमको ७५ औं जन्मोत्सव भएकाले हर्षसाथ मनाउनुपर्ने तर्क गरे । उता, भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले पनि आजम खानले दिएको पार्टीको विरोध गरेको छ ।
नयाँ पत्रिकाबाट