
एजेन्सी– अमेरिकामा भारी हिमपात र हावा हुरीका कारण ठूलो धनजनको क्षति भएको छ ।
हिमपातका कारण न्युयोर्कमा मात्र सात जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
अन्य स्थानमा पनि हताही भएको हुन सक्ने आशंका गरिएको छ । फ्लोरिडा र हवाईलगायत स्थानको तापक्रम माइनसमा झेरेको छ ।
त्यहाँको राष्ट्रिय मौसम विभागका अनुसार बफेलो लगायत राज्यमा अहिले पनि उच्च हिमपात जारी छ ।
ती स्थानमा ६ फिटसम्म बाक्लो हिउँ जमेको छ । सडकमा हिउँ जमेका कारण सवारी आवागमन ठप्प भएको छ ।