
काठमाण्डु, ४ कात्तिक– सार्क सम्मेलनको सुरक्षालाई प्रभावकारी बनाउन सरकारले विशिष्ट अतिथि र अथितिको सवारीका क्रममा सञ्चार अवरोधक यन्त्र (जामर) प्रयाेग गर्ने भएको छ ।
जामर सुरक्षा निकायका पदाधिकारीहरुले प्रयोग गर्ने विशेष प्रकारको यन्त्र हो । सम्मेलनका क्रममा विशिष्ट अतिथिहरुको सवारीका क्रममा खट्ने सुरक्षाकर्मीको गाडीमा जामर जडान गरिने छ ।
जामर जडान गरिएका गाडी सडकमा गुडेपछि सडक र आसपासका क्षेत्रमा सडक अवरुद्ध हुनेछ । सडक र सडक आसपासका दायाँबायाँ करिब दुई सय मिटर क्षेत्रसम्म सञ्चार अवरुद्ध हुने बताइएको छ ।
जामर जडान गरिएका गाडी सडकमा गुडेका बेला मोबाइल, टेलिफोनजस्ता सञ्चार साधनसँगै इन्टरनेट सेवा प्रयायक कम्पनीको सेवामा समेत अवरोध आउने सुरक्षा निकायले जनाएको छ ।
नेपालले सम्मेलनलाई लक्षित गरेर चारवटा जामर ल्यायने तयारी गरेको छ ।
नेपाल समाचारपत्रबाट