एमाओवादीको अवरोध भए पनि ८ माघमै संविधान: गौतम

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते १२:४७ मा प्रकाशित

bamdevकपिलवस्तु, ३ मंसिर– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जतिसुकै अवरोध भए पनि ८ माघमै संविधान जारी हुने बताएका छन् ।

पहिलो चन्द्रौटा महोत्सवको बुधबार यहाँ उदघाटन गर्दै गौतमले प्रक्रियामा गएरै भए पनि तोकिएकै मितिमा संविधान जारी गर्न सरकार प्रयासरत रहेको बताए ।

‘जसको जतिसुकै अवरोध भए पनि प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्न सरकार प्रतिबद्ध छ’, गौतमले भने । एकीकृत माओवादीसहित विपक्षी मोर्चा यसपटक पनि संविधानसभा विघटन गराउने खेलमा लागेको उनको आरोप थियो ।

उनले निर्वाचनका बेला गरिएको बाचा बिर्सेर एमाओवादीले प्रक्रियामा जान डराइहरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us