यी हुन् चर्चित अविवाहित माननीय…

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– हाम्रो समाजमा विवाहलाई समाज–व्यवस्थाको एउटा अनिवार्य संस्था मानिन्छ । विवाह बिनाको नरनारी सम्बन्धलाई पनि राम्रो दृष्टिले हेर्ने परम्परा हामीकहाँ विकास भइसकेको छैन । तर, बिस्तारै विवाह नगरी बस्ने चलनले पनि सामाजिक मान्यता पाउँदैछ भन्ने देखिन थालेको छ ।

Pemba Lama

पेम्बा लामा, ४४ वर्ष ।

त्यसको उदाहरणका रुपमा छन् देशको सबैभन्दा शक्तिशाली भूमिकामा रहेका प्रधानमन्त्री श्री सुशील कोइराला । उनी अविवाहित छन् ।

नेपालमा अहिले सरकार प्रमुख मात्रै अविवाहित छैनन्, संविधान लेख्ने जिम्मेवारी लिएर गएका दर्जनौं सभासद् पनि अविवाहित छन् । ७५ वर्षका काेइरालादेखि २८/३० वर्षका युवा माननीय पनि अविवाहित छन् ।

sushil

सुशील काेइराला, ७५ वर्ष ।

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसमा सभापति सुशील कोइरालादेखि युवा नेतृ रश्मी ठाकुरसम्म झण्डै एक दर्जन माननीयहरु अविवाहित भएको ‘बुधबार’ साप्ताहिकले प्रकाशित गरेको छ । कांग्रेसमा युवा नेता रामहरि खतिवडा, सीता गुरुङ, रीता शाही पनि अविवाहित छन् । अम्बिका बस्नेत, रत्न शेरचन, सुजता परियार, सरिता प्रसाईं, उषा गुरुङ र विष्णुमाया परियार पनि अविवाहित छन् ।

Garima Shah

गरिमा शाह, ४५ वर्ष ।

नेकपा एमालेमा पनि शारदाकुमारी विक, टेकु नेपाली, रञ्जनाकुमारी सरकार, जयन्तीदेवी राई, नरदेवी पुनमगर, रत्नदेवी गुरुङ, पेम्बा लामा, टुकाभद्र हमाल, मदनकुमारी शाह र ममता गिरी अविवाहित सभासद् छन् ।

Giri 11

गिरिराजमणि पाेखरेल ।

एकीकृत नेकपा माओवादीका मुख्य सचेतक तथा सचिव गिरीराजमणि पोखरेल, कमला दोङ, उषाकिरण अन्सारी, तुलसा राना अविवाहित छन् ।

Ramhari Khatiwada

रामहरि खतिवडा, ४४ वर्ष ।

राप्रपा नेपाल, नेकपा माले र परिवार दलमा पनि अविवाहिता सभासद रहेको ‘बुधबार’ले छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us