आफ्ना नागरिकको हत्या गरेर प्यालेष्टाइनमा खुसीयाली मनाएको भन्दै इजरायल आक्रोशित

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ३:३८ मा प्रकाशित

haytaएजेन्सी– प्यालेष्निटी हतियारधारीको आक्रमणमा पाँच इजरायलीको ज्यान गएको विषयलाई लिएर दुई मुलुकबीच पुन: तनाव बढेको छ ।

पश्चिमी जेरुसेलमस्थित यहुदीहरुको मर्धस्थलमा भएको हमलामा एक सुरक्षाकर्मीसहित पाँच इजरायलीको ज्यान गएको हो ।

घटनामा अरु ८ जना घाइते छन् । दुई जनाको संख्यामा रहेका प्यालेष्टिनीले हतियार र चक्कु प्रयोग गरी हमला गरेको इजरायली अधिकारीहरुले बताएका छन् । घटनामा संलग्नविरुद्ध इजरायली सुरक्षाकर्मीले गोली हानेका थिए ।

जेरुसेलमस्थित विवादित धार्मिक स्थललाई लिएर दुई देशबीच विवाद बढेका बेला घटना भएको हो ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणको निन्दा गर्दै हरेक चरमपन्थीसँग बदला लिएरै छाड्ने उदघोष गरेका छन् । नेतन्याहुले आफ्ना नागरिक मारिएकामा गाजापट्टीमा खुसीयाली मनाइएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us