अख्तियारको डरले प्रमाणपत्र किनेर जागिर खाने २ सयले दिए राजीनामा

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते १:०७ मा प्रकाशित

akhtiyarकाठमाण्डु, ३ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीविरुद्धको छानबिन तीव्र बनाएपछि वन मन्त्रालय मातहत रहेका दुई सय कर्मचारीले राजीनामा दिएका छन् ।

विभिन्न जिल्लामा कार्यरत दुई सय वनरक्षक (जमदार) ले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुको राजीनामापछि वन संरक्षण र संवद्र्धन कार्य नै प्रभावित भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर सुरु गरेका र त्यसैका आधारमा बढुवा पाई जमदार बनेका उनीहरुले अख्तियारको कारबाहीमा परिने डरले राजीनामा दिएको वन विभाग स्रोतको दाबी छ ।

विभागकाअनुसार वन संरक्षणको दृष्टिले संवेदनशील मानिएका उदयपुर, बारा, चितवन, कैलाली, रौतहटलगायतका जिल्लामा कार्यरत अधिकांश सशस्त्र वन रक्षकले राजीनामा दिइसकेका छन् ।

अहिले दिनहुँ १० देखि १५ जनाले राजीनामा दिइरहेको विभागले जनाएको छ । वन तथा भू–संरक्षण मन्त्रमलयका सचिव शरदचन्द्र पौडेलले विभिन्न जिल्लाबाट दुई सय सशस्त्र वनरक्षकले राजीनामा दिएको विवरण प्राप्त भएको जानकारी दिए ।
नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us