एमाले नेताको कुटाइबाट गाविस सचिव घाइते

काठमाण्डु टुडे २०७१ मंसिर २ गते २:१९ मा प्रकाशित

तनहुँ, २ मंसिर– सिफारिस नदिएको भन्दै एमाले नेता प्रदीपराज अधिकारीले श्याघा गाविसका सचिव सूर्यबहादुर थापामाथि हातपात गरेका छन् ।

सुकुमबासी समस्या समाधान आयोगमा बुझाउनका लागि सिफारिस नदिएको भन्दै एमाले व्यास नगर समितिका पूर्वअध्यक्ष अधिकारीले थापामाथि हातपात गरेका हुन् ।
सचिव थापाले वडा नागरिक मञ्चबाट सिफारिस आएका सबैलाई दिए पनि सिफारिसै नआएका व्यक्तिलाई सिफारिस नदिएको भन्दै आपफूमाथि हातपात भएको बताए ।

‘सोही विषयमा छलफलका लागि बस्दै गर्दा मलाई जर्बजस्ती सिफारिस गर्न लगाइयो,’ उनले भने । स्थानीयले वडा नागरिक मञ्चबाट प्रमाणित नभएकालाई सिफारिस नदिन तथा दिएमा आफूहरु विरोधमा उत्रने बताएपछि आफूले मञ्चबाट नाम आएकालाई मात्र सिफारिस दिएको थापाले बताए ।

गाविसका आठवटै वडाको सिफारिस दिए पनि वडा नम्बर तीनबाट सिफारिस नआएकाले आयोगलाई सिफारिस पठाउन नसकिएको थापाले बताए ।

सोही विषयमा छलफल गर्दा गल्हत्याएका अधिकारीले जसरी पनि सिफारिस दिन तथा नदिए जे पनि हुनसक्ने भनेपछि आफूले ज्यानको असुरक्षाका कारण बाध्य भएर सबै सिफारिस गर्नुपरेको उनले बताए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us