विकासका लागि शक्ति प्रयोग गर्दैनौँ : सि जिनपिङ

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ८:१६ मा प्रकाशित

सिड्नी, १ मङ्सीर – चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले विकासका काममा कहिल्यै पनि बल प्रयोग नगर्ने धारणा राखेका छन् ।

si jingउनले शान्तिप्रतिको चीनको चाहना र प्राथमिकता प्रस्तुत गर्र्दै आफ्नो देशले बलपूर्वक कुनैपनि काम नगर्ने र नगराउने पनि बताए ।

विश्वको दोस्रो ठूलो आर्थतन्त्र रहेको चीनले विकासका काममा पनि बल प्रयोग गर्ने गरेको र जसका कारण चीनको अर्थतन्त्र एवम् विकासको गतिलाई धरै सूचकका रुपमा मापन गरिएको आरोप लगाइरहेका बेला उनको यो धारणा आएको हो ।
देशको इतिहासले यो देखाएको छ कि बलपूर्वक गरिने विकास तथा यसका सूचकको वृद्धिले अन्ततः सफलता पाएको छैन त्यसैले हामीले विकासका काममा कहिल्यै पनि बलप्रयोग गरिँदैन– संसदलाई सम्बोधन गर्दै राष्ट्रपति सिले भने ।

‘हामीलाई इतिहासले यो देखाएको छ कि हामी शान्तिप्रति प्रतिबद्ध छौं र त्यसैको प्रवर्धनमा हामी लाग्ने छौं’ – उनले भने ।

चिनियाँ राष्ट्रपति सि जि२० को सम्मेलनमा सहभागिताका लागि हाल अष्ट्रेलियाको ब्रिसबेनमा छन् ।

विश्वका शक्ति राष्ट्र सम्मिलित २० देशका नेतापनि सो सम्मेलनमा सहभागिताका लागि हाल त्यहाँ रहेका छन् ।

एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us