एकै दिनमा बाईसको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ११:०१ मा प्रकाशित

एजेन्सी – दक्षिणी फिलिपिन्सको छुट्टाछुट्टै इलाकामा जारी द्वन्द्वमा शुक्रबार एक दिनमा २२ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै जङ्गलको क्षेत्रमा सरकारीबल र अल कायदासँगआवद्ध आतङ्ककारी समूहबीच भएको भिषण लडाईमा १५ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस झडपमा विभिन्न मुस्लिम अतिवादीहरु समूहलगायत डाँका समूहका सदस्यहरुको समेत सहभागिता रहेको जनाइएको छ ।

दक्षिणी द्वीप बासिलानमा भएको झडपमा वृक्षारोपनका कामदारहरुको पनि मृत्यु भएको जनाइएको छ । मारिएका ती कामदारहरुमा बाबु र छोरा समेत परेका बताइएको छ ।

सो घटनामा मारिएका सबै सर्वसधारण व्यक्तिहरु मात्र परेका जनाइएको  छ । सोही दिन दक्षिणी सहर पिकिटमा बाङ्गसामोरो र इस्लामिस्ट फ्रिडक फाइट्रस (बीआइएफएफ) ले गरेको मोर्टास आक्रमणमा एक  आठ वर्षीया बालिका र ४३ वर्षीय पुरुषको मृत्यु भएको क्षेत्रीय सैनिक  प्रवक्ता कर्णेल डिकसन हेर्मोसोले बताएका छन् ।

यसअघि नै जोलो द्वीपमा अल कायदा आतङ्ककारी समूहका अबु सयाफ अतिवादी समूह र सैनिकबीच भएको झडपमा पाँच सैनिक र १० आतङ्ककारीको मृत्यु भएको बताइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us