चीनको विवादास्पद सक्रियताले द्वन्द्व निम्त्याउन सक्छ : ओबामा

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १२:२९ मा प्रकाशित

अस्ट्रेलिया , २९ कात्तिक – चीनले विवादास्पद क्षेत्रमा आफ्नो दाबी बढाइरहेको अवस्थामा एसियामा सोझै सङ्घर्षको खतरा रहेको चेतावनी अमेरिकी राष्ट्रपति बाराक ओबमाले शनिबार दिएका छन् । उनले अमेरिका अझै यस क्षेत्रमा कायम रहने बताए ।

obamaक्विन्स्ल्यान्डको ब्रिस्बेन विश्वविद्यालयमा एक सम्बोधनमा अमेरिकी राष्ट्रपति ओबामाले उनको नीति एसियामा आधारित भएको, त्यो वास्तविकतामा आधारित भएको र दिगो हुने बताए ।

जी २० शिखर बैठकको अवधिमा भएको उक्त सम्बोधनमा राष्ट्रपति ओबामाले पूर्वी एसियामा दोस्रो युद्धपछि राम्रो प्रगति देखिएको उल्लेख गरे ।

उनले यो गतिशीलतामा ठोस खतरा भएको र त्यसले प्रगतिलाई प्रभावित बनाउनसक्ने बताए । उनले उत्तर कोरियाको पनि यस द्वीपमा विवाद रहेको र त्यसले पनि द्वन्द्व फैलाउनसक्ने जनाए ।

चीनको दक्षिणपूर्वी एसियाली मुलुकहरूसँग दक्षिण चीन जल क्षेत्रमा विवाद रहेको छ भने जापानसँग यस्तै अन्य द्वीपसमूहका लागि विवाद रहेको छ ।
उनले यसै साता बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्तापछि अमेरिकाले चीनले विश्वमञ्चमा शान्तिपूर्ण तथा जिम्मेवार खेलाडीको रूपमा काम गरोस् भन्ने चाहेको दोहो¥याए ।

उनले चीनले व्यापार वा जलक्षेत्रमा सबैले पालना गर्ने कानुन पालना गर्नुपर्नेमा जोड दिए ।

उनले एसियाको प्रभावकारी सुरक्षाका लागि सम्बन्ध प्रभाव, दबाब, धम्की तथा सानामुलुकमाथि गुन्डागर्दीमा आधारित हुननहुने र आपसी सम्मानमा आधारित हुनुपर्ने बताए ।

अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकी नागरिकका अनेकौँ पुस्ताले एसिया प्रशान्त क्षेत्रका जनता स्वतन्त्रतापूर्वक बाँचुन् भनी यहाँ सेवा गरेको र आफ्नो जीवन गुमाएको बताउँदै यहाँका सहयोगी मुलुकप्रति अमेरिकी बचनबद्धतामा कसैले पनि प्रश्न गर्न नहुने बताए ।

उनले हरेक दिन अमेरिकाले स्पष्ट रूपमा आफ्नो कूटनीति, सैनिक, आर्थिक, विकास तथा मूल्यका शक्तिका प्रत्येक तत्व उपयोग गरि यस क्षेत्रमा संलग्न हुने बताए । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us