चौतर्फी विरोधबीच सरकारले मोदीको सम्बोधन नरोक्ने

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १:०४ मा प्रकाशित

modiकाठमाण्डु, २९ कात्तिक– सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट जनकपुर र लुम्बिनीमा सार्वजनिक सम्बोधनका लागि गरिएको प्रस्तावप्रति संसद्को राज्यव्यवस्था समितिले गरेको आपत्तिलाई सरकारले अस्वीकार गरेको छ ।

मोदीलाई सम्बोधन गर्नबाट कुनै पनि अवस्थामा रोक्ने मानसिकतामा सरकार नरहेको उच्च सरकारी स्रोतले बताएको छ । राष्ट्रपति डा. रामवरण यादवलगायतले आआफ्नो तर्फबाट मोदीलाई निरुत्साहित गर्ने प्रयत्न असफल भएपछि राज्यव्यवस्था समितिको बिहिबार बसेको बैठकले सरकारको ध्यानकर्षण गराउँदै सम्मेलनको औचित्य र गाम्र्भीयका सन्दर्भमा सकरात्मक सन्देश प्रवाह गर्न निर्देहन दिएको थियो ।

समितिले घुमाउरो रुपमा जनकपुर र लुम्बिनी मञ्चबाट मोदीले गर्ने सम्बोधन ‘अमर्यादित’ हुने भएकाले रोक्न निर्देशन दिएको थियो । तर प्रधानमन्त्री सुशील कोइरालाले यस्तो निर्देशन स्वीकार्न नसकिने भन्दै विशिष्ठ अतिथि मोदीलाई धार्मिक स्थलमा अभिनन्दन र सम्बोधनको व्यवस्था मिलाउन सरकारी निकायलाई निर्देशन दिएको उच्च स्रोतले बतायो ।
अन्नपूर्ण पोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us