
काठमाण्डु, २९ कात्तिक– सार्क सम्मेलनमा अतिविशिष्ट व्यक्तिको खाद्य तथा पेय पदार्थको विशेष सुरक्षा प्रवन्ध गरिने भएको छ ।
त्यसका लागि अतिविशिष्ट व्यक्ति सुरक्षा उपसमितिअन्तर्गत छुट्टै खाद्य तथा पेय पदार्थ सुरक्षा टोली बनाइएको छ । खाद्य तथा गुणस्तर विभागका प्रतिनिधिले परीक्षण गरेपछि खाद्य पदार्थ अतिविशिष्टलाई दिइने छ ।
सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुख बस्ने होटल सोल्टीको किचेनमा सुरक्षा अधिकारीहरु परिचालित गरिनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पेय पदार्थका साथै खानाहरु तयार हुँदादेखि विशिष्ट व्यक्तिलाई ‘सर्भ’ नगर्दासम्म निगरानी गर्नेछन् ।
बजारबाट सामान किनेर ल्याउँदादेखि वितरण नगर्दासम्म सुरक्षाकर्मीले निगरानी गर्नेछन् । तयार भएको खाद्य पदार्थ प्राविधिकले परीक्षण गरेपछि मात्र पाहुनालाई दिइनेछ ।
कान्तिपुर दैनिकबाट