किन भेट्दैछन् ओबामाले सुकीलाई ?

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ११:३५ मा प्रकाशित

याङ्गुन, २७ कात्तिक – अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीसँग शुक्रबार भेटवार्ता गरेका छन् ।

barak obamaम्यानमारमा रहेका अमेरिकी राष्ट्रपति ओबामा र नेत्री सुुकीबीच सो भेटवार्ता हुन लागेको समाचारमा जनाइएको छ ।

प्रजातन्त्रवादी नेत्री सुकी हाल म्यानमारमा विपक्षी दलको नेता छिन् । आगामी वर्ष म्यानमारमा आम निर्वाचन हुँदैछ । सो निर्वाचन निष्पक्ष र स्वच्छ बनाउनका लागि नेत्री सुकीले म्यानमार सरकारसमक्ष आग्रह गर्दै आएकी छन् ।

राष्ट्रपति ओबामाले बिहीबार अबेरतिर नाइपिद्वमा त्यहाँका राष्ट्रपति थाँ सेनसँग भेटवार्ता गरेका थिए । सो वार्ताका क्रममा उनले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन आग्रह गरेको बताइएको छ ।

भेटपछि राष्ट्रपति ओबामाले हाल म्यानमारमा गर्न लागिएको र गरिएको प्रजातन्त्रिक सुधारको काम वास्तविक रहेको प्रतिक्रिया दिएका थिए ।

अमेरिकी राष्ट्रपति ओबामा शुक्रबार नेत्री सुकीको निवास याङ्गुनको लेकसाइड पुगेका छन् । उनले सुकी निवासमै भेटवार्ता गर्न लागेको समाचारमा जनाइएको छ ।

sukiसुकीको दल नेशनल लिग फर डेमोक्रेसीले आगामी वर्ष हुन लागेको आमनिर्वाचनमा बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । निर्वाचन अघिका यी अनुमानहरुले हालैका दिनमा म्यानमारमा नेत्री सुकीको लोकप्रियता झनै बढ्दै गएको भन्दै उनको दलले निर्वाचनमा बहुमत ल्याउने अनुमान गरिएको छ ।

तर हाल त्यहाँ कायम रहेको संवैधानिक प्रावधानका कारण उक्त दलकी अध्यक्ष नेत्री सुकी भने राष्ट्रपति हुनबाट बञ्चित हुनुपर्ने अवस्था रहेको छ ।

ओबामाको यो दुई दिने भ्रमणले हालैका दिनमा म्यानमारमा जारी रहेको प्रजातान्त्रिकरणको अभियानलाई थप सुदृढ बनाउन सघाउने बताइएको छ ।

केही वर्षयतादेखि म्यानमारको सैनिक सहयोगको सरकारले जारी राखेको यो सुधारको क्रममा त्यहाँ विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताका क्षेत्रमा अझैपनि धेरै कामगर्न बाँकी रहेकोले सो क्षेत्रमा कामगर्नुपर्नेमा सरकारलाई थप दबाब महसुश भएको पाइएको अधिकारवादीहरुले जनाएका छन् ।

साथै पछिल्ला केही समययता म्यानमारमा द्वन्द्वको अवस्था बढ्दै गएकोले त्यसको व्यवस्थापन र अल्पसङ्ख्यक जातिको अधिकारको मागका बारेमा पनि राष्ट्रपतिद्वय ओबामा र सेनबीच कुराकानी भएको समाचारमा जनाइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us