
काठमाण्डु, २८ कात्तिक– चर्चित लोकगायिका कोमल ओली कुन–कुन क्षेत्रमा काम गरिन भनेर खोज्नुभन्दा पनि कुन क्षेत्रमा गरिनन् भन्नुपर्ने अवस्था आएको छ ।
कुनैबेला राष्ट्रिय खेलकुद र राष्ट्रिय लोकदोहरी गायनमा अब्बल सावित हुँदै नेशनल फिगर बनाएकी कोमलले पछि रेडियो नेपालमा समाचारबाचिकाको परिचय बनाइन् ।
अहिले कोमल ओली भने आफ्नो चर्चित गीत पोइलजाम पामलाई नै शीर्षक बनाउँदै एउटा चलचित्र निर्देशन गर्ने जर्मको गर्दैछिन भन्ने हल्ला चलेको छ । नारीप्रधान विषय समेटिने चलचित्र पोइलजान पामको कथा पनि ओलीकै हुने बताइएको छ ।