
काठमाण्डु, २८ कात्तिक– देशको प्रशासनिक मुख्यालय सिंहदरवारभित्र सर्वसाधरणलाई छर्न निकै गा¥हो छ । तर, यहाँभित्र चोरलाई भने छिर्न सहज छ । बारम्बार चोरीका घटना हुने सिंहदरवारभित्र हालै एउटा मोटरसाइकल हराएको छ ।
झण्डै महिना दिनअघि परराष्ट्र मन्त्रालय परिसरबाट मोटरसाइकल चोरी भएको हो । परराष्ट्रमा करारमा कार्यरत एक कर्मचारको बा.६३प ५८४३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । सुटटाई लगाएका व्यक्तिले मोटरसाइकल चोरी गरेको सिसिटिभी रेकर्डमा देखिएको छ । तर चाोरी गर्ने व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन ।
सिसिटिभी रेकर्डमा चोरले करिब एक घण्टा मोटरसाइकल रहेको स्थान निरीक्षण गरेर अर्काे मोटरसाइकलको हेलमेट निकाली मोटरसाइकल डो¥याउँदै लगेका छन् । गेटमा रहेका प्रहरीले त्यसरी डो¥याएर लैजाँदा कुनै सोधपुछ नगरेको रेकर्डमा देखिन्छ ।
नयाँ पत्रिका दैनिकबाट