
एजेन्सी – प्रतिभालाई उमेरलाई छेक्दैन भन्ने तथ्यको चरितार्थ एक ८ वर्षीय बालकले गरिदिएका छन् ।
भारतीय मुलका अमेरिकी बासिन्दा रुबिन पालले १४ नोभेम्बरमा हुने एक सम्मेलनमा साइबर सुरक्षाको बारेका कार्यपत्रसहित संवोधन गर्दैछन् । ‘ग्राउण्ड जिरो समिट’ को नाममा हुन लागेको सम्मेलनमा ‘प्रुडेण्ट गेम’को बारेमा जानकारी दिने भएका हुन् ।
उनले आफ्नै गेमिङ फर्म खोलेका छन् र उनी सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।
बेजोड प्रतिभाका धनी रुबिनले सम्मेलनमा वर्तमान पिढीलाई साइबर सुरक्षा तरिका , विकसित सुरक्षा बारेमा जानकारी दिनेछन् । सन् २००० मा भारतीय राज्य उडिसाबाट अमेरिका गएका रुबिनका पिताले ‘सि प्रोग्रामिङ भाषा’ चलाउन सिकाएका थिए ।
उनी अभ्यस्त भएपछि आफैले गेमिङ प्रोग्राम बनाउन थालेको पिता मानो पालले बताए । हाल रुबिनले एप्पलको स्वीफ्ट प्रोग्रामिङ सिकिरहेको पिताले जानकारी दिए ।
पिताका आुसार रुबिनका लागि ग्राउण्ड जिरो समिट चौथो अवसर हो । उसले दुनियाँका साइबर एक्सपर्टहरुको अगाडि लेक्चर दिदैछ । केहि डेमो पनि देखाउनेछ ।
भारतीय विदेश राज्यमन्त्री विके सिंहले पनि सो सम्मेलनमा प्रमुख पक्ताको रुपमा रहनेछन् ।