‘सेक्स सिम्बोल’ बाट जोगिनी बनेकी ममता लागुऔषधसहित पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ६:५६ मा प्रकाशित

एजेन्सी – अभिनेत्रीबाट योगिनी बनेकी ममता कुलकर्णी लागुऔषध तस्करीको आरोपमा पक्राउ परेकी छन् ।

mamta-kulkarniममता र श्रीमान विजय गोस्वामी दुबैलाई तस्करीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

याद रहोस्, ९० को दशकमा सेक्स सिम्बोलको रुपमा कहलिएकी ममताले बलिउडमा आफ्नो अभिनयको जादू छोडेकी थिइन् ।

‘घातक, करण अर्जुन, बाजी ’ जस्ता फिल्ममा उत्तेजक दृश्य दिएर राज गरेकी ममता पछिल्लो समय योगी बनेर पर्दाबाट हराएकी छन् ।

‘अटोबायोग्राफी अफ योगिनी’ पुस्तक लेखेर अध्यात्मको खोजमा लागेकी ममता लागुऔषधसहित पक्राउ परेपछि भने उनको चरित्रमाथि शंका गर्न थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

mamaMamta-Kulkarni (1)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us