सार्कमा प्रहरीको काम कुकुर गोठालो !

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ५:०८ मा प्रकाशित

kukurकाठमाण्डु, २७ कात्तिक– सरकारले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८ औं सम्मेलन अवधिभर भुस्याका कुकरलाई सडमा हिंडन प्रतिबन्ध लगाउने भएको छ ।
काठमाण्डु महानगरपालिकाले सार्कभर भिआईपी आवतजावत गर्ने सकडमा कुकुरलाई रोक लगाउने भएको हो । उपत्यकामा ३० हजारभन्दा बढीको संख्यामा भुस्याहा कुकुर रहेको महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले सार्क सम्मेलन अवधिभर भीआईपी हिँड्ने सडकमा सडकमा कुकुरलाई आवतजावत गर्न नदिइने बताए ।

यस्तै राजधानीका सडकमा छाडा छाडिएका गाई–गोरुलाई भने उपत्यकाबाहिर पठाइने भएको छ । हाल गाई गोरु भेट्ने बित्तिकै गाडीमा राखेर थानकोट कटाउने गरिएको छ ।

कुकुरलाई भने समातेर बाहिर पठाउन नसकिने भएकाले सडकमा हिंड्न प्रतिबन्ध लगाइने सापकोटाले बताए । त्यसका लागि प्रहरी परिचालित हुने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us